गोदावरीको काठे पुलबाट टिकटक बनाईरहेका शिक्षकको पुलबाट खसेर मृत्यु



धनगढी । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर घाइते भएका अछामका ३९ वर्षीय रूपराज भाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेल जनाएका छन् । 

साझ ६ पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको हो । भाटले मादक सेवन गरेको बताइएको छ ।  भाट फोटो खिच्नेक्रममा लडेको प्रत्यक्षदर्सिले देखेपछि प्रहरीलाई खबर गरेको जानकारी दिए । भाट मंगलसेन सदरमुकामस्थित शोडषा माविका शिक्षक हुन् । 

काठे पुल जीर्ण बनेपछि नजिकै पक्कि पुल निर्माण गरी काठे पुलमा सवारी आवागमन बन्द गरिएको छ । पछिल्लो समय टिकटक बनाउनेहरूका कारण उक्त पुल निकै भाइरल छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्