घोडाघोडी बहुमुखीले पनि अनलाइन कक्षा सञ्चालन गर्दै



खगेन्द्र अबस्थि कैलाली घोडाघोडी बहुमुखीले पनि अनलाइन कक्षा सञ्चालन गर्ने भयको छ। जिल्लाको घोडाघोडी नगरपालिका स्थित घोडाघोडी बहुमुखी क्याम्पसले कोरोना भाइरस कोभिड १९ को नया रूप ओमिक्रोन भेटिएपछि सबै कार्यक्रम स्थगित गरी अनलाइन प्रणालीमा जाने निष्कर्षमा पुगेको हो। विश्व नै त्रासमा भएको बेला नेपालमा समेत ओमिक्रोनको त्रास पढेको हो स्वहि क्रममा नेपालका धेरै शैक्षिक संस्थाले आफ्ना सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन। त्यस्तै घोडाघोडी बहुमुखी क्याम्पसले एक सूचना जारि गर्दै सबै कार्यक्रम स्थगित गरेको हो सूचनामा २०७८/१०/०९ देखि हुने भनिएका सम्पूर्ण कार्यक्रमहरू विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को अर्को भेरिएन्ट ओमिक्रोनको कारण अर्को सूचना प्रकाशित नभसम्मका लागि स्थगित गरी ११/१२स्नातक स्नातकोत्तर तहका सबै कक्षा १२ गतेदेखि अनलाईन पढाइने भनी सूचनामा उल्लेख गरिएको छ।कत्तिको प्रभाव होला त अनलाइन कक्षा? अनलाइन कक्षा हुने भएपछि विद्यार्थीका विभिन्न समस्या खडा भएका छन् कसै कोमा त नेट नै नचल्ने समस्या छ ती विद्यार्थी कसरी कक्षामा उपस्थित हुने भनी विद्यार्थी चिन्तामा पर्न थालेका छन्।
कतिन्जेल मोबाइलमा पैसा हाली डाटा तानी कक्षा लिने जस्ता विभिन्न समस्याले विद्यार्थी चिन्तित देखिन्छ कक्षाकोठामा बस्दा हल्लाले बुझिने थिएन अनलाइन कक्षा पढ्दा कसरी बुझिएला र? भनी प्रश्न गर्छन् घोडाघोडी बहुमुखी क्याम्पसमा अध्ययनरत छात्र खगेन्द्र भट्ट। अनलाइन कक्षा यो क्षेत्रमा त्यति प्रभावकारी देखिँदैन कसैको नेटको पहुँच हुँदैन त कसैको आर्थिक समस्याले सताइ रहेको हुन्छ सबै कुरा बुझी अगाडि बढिदिन अनुरोध गर्छिन् घोडाघोडी बहुमुखी क्याम्पस अध्ययनरत छात्रा मिना ठगुन्ना। हुन पनि कोही विद्यार्थी पाहाडका पनि छन् पाहाड तिर त नेटको समस्या झनै बल्झिँदो छ नेटको पहुँचमा न भएका विद्यार्थीले कसरी कक्षाकोठामा उपस्थित हुने र कसरी परीक्षाको तयारी गर्ने भन्ने कुराले विद्यार्थीको मानसपटलमा सधैँ ताजै रहन सक्छ। हाम्रो टिमले घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोद कुमार खड्कासङ सोधपुछ गर्दा सबैको समस्या बुझेका छौ कोर्स सक्काउनु पर्ने हुन्छ त्यसैले पनि अनलाइन माध्यमबाट पढाउनु पर्ने बाध्यता भएको हा बताउनु हुन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्