कैलाली प्रशासनद्धारा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द [सुचनासहित]



धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । कार्यालयका कर्मचारीहरूमा कोरोना सङ्क्रमण देखिएपछि प्रशासनले अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरेको हो ।

कार्यालयका २३ कर्मचारीहरूमा कोरोना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । अन्य कर्मचारीमा पनि केही दिन अगाडी सङ्क्रमण पुष्टि भएको थियो ।

जिल्लामा कोरोना सङ्क्रमण हुने गति तीव्र हुन थालेपछि प्रशासनले शुक्रवार सूचना जारी गर्दै शान्ति सुरक्षा र मुद्दा बाहेक सम्पूर्ण सेवा बन्द गरिएकोसुचना अधिकारी जोशीले बताए ।

नियमित कार्य सम्पादनको क्रममा कार्यालयका कर्मचारीहरू कोरोना सङ्क्रमित भई आइसोलेसनमा बस्नुको साथै कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड हुन लागेपछि अत्यावश्यक सेवा बाहेक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको प्रशासनले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्