हाँस्य कलाकार मनोज गजुरेलमाथि ठगी प्रयास !



काठमाडौँ । वरिष्ठ हास्य कलाकार मनोज गजुरेलमाथि अन्तर्राष्ट्रिय ठग गिरोहबाट ठगीको प्रयास भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफूमाथि ठग्ने प्रयास भएको जानकारी दिएका छन् । कलाकार गजुरेलले कल आएको नम्बरसहितको मोबाइल स्क्रिन सट सार्वजनिक गर्दै ठगी गर्ने गिरोहसँगको संवाद समेत सार्वजनिक गरेका छन् ।

गजुरेलका अनुसार ठगी गिरोहले फोन गरेर ‘म काैन बनेगा करोडपति मार्केटिङ अफिसर राहुल’ भनेको र उनीसँग कुराकानी अघि बढाउँदा तपाईँको नम्बर भाग्यशाली नम्बरमा १ लाख परेको र उक्त पैसा निकाल्नुअघि तपाईँले पैसा पठाउनु पर्ने भनेको उल्लेख गरेका छन् ।

सोका लागि पैसा पठाउनका लागि एनआईसी एशिया, ग्लोबल आइएमई, प्रभू बैंक, इभरेष्ट बैंक इत्यादि प्रयोग गर्न सक्नुहुनेछ भनी बताउँदै यदी नभए खाता खोल्न या खात नम्बर दिलाउन उक्त गिरोहले अनुरोध गरेको उल्लेख गरेका छन् ।

तर आफूले ठग भनी पहिचान गरिसकेकोले आफू नफसेको उनले उल्लेख गरेका छन् । नेपालमा चेतनाको कमी, अनभिज्ञता र आर्थिक प्रलोभनका कारण अनलाइन ठगी हुनेहरूको सङ्ख्या बढ्दो छ । दिनहुँ जसो यसरी धेरै नेपालीहरू ठगिने गरेको नेपाल प्रहरीलेसमेत बताउँदै आएको छ । News 24

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्