बाबु बन्दै आदित्यनारायण झा



एजेन्सी । गायक आदित्यनारायण झा बाबु बन्ने भएका छन् । उनले सोमबार सामाजिक सञ्जालमा आफ्नी श्रीमती श्वेता अग्रवालको बेबी पम्पको तस्बिर गर्दै उनले नयाँ सन्तानको स्वागतका लागि आफूहरू आतुर रहेको उल्लेख गरेका छन् ।

आदित्यले श्वेतालाई अँगालो मारेको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा आदित्य र श्वेता दुवै खुसी छन् ।

लोकप्रिय गायक उदितनारायण झा र दिपा झाका एक मात्र सन्तान आदित्यले श्वेता अग्रवालसँग सन् २०२० मा विवाह गरेका थिए । यो जोडीलाई सिने क्षेत्रको चर्चित जोडी मानिन्छ । आदित्य नारायण भने विशेष गरी सिंगिङ रियालिटी शोको होस्ट गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्