‘जी ले जरा’बाट अलग्गिइन् प्रियंका चाेपडा



काठमाडौं ।  बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियङ्का चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियङ्का र निकका फ्यानहरू सामाजिक सञ्जालमार्फत उनीहरूलाई बधाई दिइरहेका छन् । धेरैले प्रियङ्का आमा बनेपछि उनको करियरमा केही असर पर्छ भन्ने अनुमान लगाएका थिए ।

यो अनुमान केही हदसम्म सही साबित भएको छ । प्रियङ्काले निर्माता फरहान अख्तर र रितेश सिधवानीलाई उनीहरूको फिल्म ‘जी ले जरा’मा आफ्नो सट्टा अरू कोही अभिनेत्रीलाई अनुबन्धित गर्न आग्रह गरेकी छन् । करिब सय करोडभन्दा बढी बजेटको यो फिल्मबाट प्रियङ्का अलग्गिने निर्णय लिइसकेकी छन् ।

यो फिल्मका लागि निर्माण पक्षले कटरिना कैफ र आलिया भट्टसँगै प्रियङ्कालाई पनि अनुबन्धित गरेका थिए । फिल्म सडक यात्राको कथामा आधारित छ । प्रियङ्काले आमा बनेपछि सम्पूर्ण समय र शक्ति बच्चाका लागि छुट्टाउने निर्णय लिएकी छन् ।

सन्तानका कारण प्रियङ्काले फिल्मबाट हात झिकेपछि अहिले निर्माताहरू को अभिनेत्री लिने भन्ने तनावमा छन् । प्रियङ्का पछिल्लो पटक फरहानकै फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्