रिचर्ड गेरलाई चुम्बन गरेको मुद्दामा शिल्पालाई १५ वर्षपछि सफाइ



मुम्बई। हलिउड अभिनेता रिचर्ड गेरलाई सार्वजनिक स्थानमा चुम्बन गरेर अश्लीलता फैलाएको आरोप लगाउँदै शिल्पा शेट्टीविरुद्ध दर्ता मुद्दामा अदालतले सफाइ दिएको छ। अदालतले शिल्पालाई लगाइएका आ’रोपमा दम नभएको भन्दै १५ वर्षपछि मुद्दा खारेज गरेको हो।

सन् २००७ मा राज स्थानमा भएको एउटा कार्यक्रममा रिचर्ड गेरले शिल्पालाई चुम्बन गरेका थिए। यो घटना राष्ट्रिय चर्चाको विषय बनेपछि उनका विरुद्ध राज स्थानमा दुई र गाजियाबादमा एक मुद्दा दर्ता भएका थिए।

उनले राजस्थानसँगै गाजियाबादमा घटनाको बारेमा आफ्ना तर्क प्रस्तुत गरेकी थिइन्। राजस्थानको अदालतले शिल्पाको बयानसँगै बाँकी आरोपमा पनि कुनै तर्क नभएको भन्दै मुद्दा खारेज गरेको हो। अदालतले गेरले चुम्बन गर्दा नरोकेको बाहेक बाँकी गतिविधि क्षम्य रहेकाले उनलाई आरोपबाट मुक्त गर्ने निर्णय गरेको हो।

शिल्पा अघिल्लो वर्ष भने श्रीमानका कारण समाचारमा छाएकी थिइन्। श्रीमान् राज कुन्द्रालाई पोर्न फिल्मको व्यापार गरेको आ’रोपमा प्रहरीले समातेपछि शिल्पासमेत विवादमा तानिएकी थिइन्। राज अहिले धरौटीमा रिहा भएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्