यस्तो घरमा बस्छन् प्रियंका र निक जोनस (तस्बिरहरू)



एजेन्सी। बलिउड नायिका प्रियङ्का चोपडा र निक जोनस एक चर्चित जोडीमध्ये एक हुन् । सन् २०१८ विवाह भएदेखि नै उनीहरू थप चर्चित भए । यी दुईलाई पावर कपलको रूपमा लिने गरिन्छ ।  निक र प्रियङ्का व्यावसायिक रूपमा पनि चर्चित छन् । उनीहरूको दाम्पत्य सुखमय जो चलिरहेको छ ।

गत शुक्रबार प्रियङ्काले आफ्नो इन्स्टाग्राममार्फत् आफूहरूको पहिलो सन्तानको जन्म भएको जानकारी दिएकी हुन्।  प्रियङ्काले आफूहरूको बच्चा सरोगेसीका माध्यमबाट भएको पनि जानकारी दिएकी छन्। उनीहरू छोरीका आमाबुवा बनका हुन्।

गत शुक्रबार मात्र जानकारी दिए पनि उनीहरूको छोरीको जन्म जनवरी १५ मै भएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रियङ्का र निकले लामो समयदेखि बच्चा जन्माउने योजना बनाइरहेको पनि इन्डिया टुडेले जनाएको छ। तर कामको व्यस्तताले उनीहरूले यो योजना धकेल्दै आएका थिए। पछि उनीहरूले एक एजेन्सीमार्फतै सरोगेसीबाट बच्चा जन्माउने निधो गरेका हुन्।

उनीहरूले सरोगेसीका लागि साउदर्न क्यालिफोर्नियाकै एक महिलाको सहयोग लिएको पनि इन्डिया टुडेले लेखेको छ।

स्रोतका अनुसार ३९ वर्षीय प्रियङ्कालाई आफैँ बच्चा जन्माउन स्वास्थ्यका कारण कुनै समस्या नभए पनि व्यस्तताका कारण उनले सरोगेसी रोजेकी हुन्।

विवाहपछि प्रियङ्का निक जोनससँगै अमेरिकामा बस्छिन् । उनी बेला मौकामा मात्र भारत आउने गरेकी छिन् । केही समयअघि मात्र निक जोनसले एक भव्य बंगला खरिद गरेका रहेछन् । वर्तमान समयमा निक र प्रियङ्का सोही बंगलामा बस्छन् । उनीहरू बस्ने घर कस्तो छ ? त्यसको आन्तरिक सज्जा कस्तो छ ? सेवा सुविधाहरू के के छन् ?

प्रियङ्का र निकको यो घरमा तमाम आधुनिक सुविधा उपलब्ध छ । दुवैले मिलेर यस आलिशान घरलाई सजाएका हुन् ।

यो घर ४ हजार एक सय २९ वर्ग फिट क्षेत्रमा फैलिएको छ। टिएमजेटका अनुसार जुलाईमा प्रियंकालाई प्रपोज गर्नु अगाडि नै निकले त्यो घर किनिसकेका थिए। यसमा ११ बाथरुम र ७ बेडरुम छ । घरको यो डिजाइन एकदमै आकर्षक छ ।

उनीहरूले यहाँ घर किन्दै परिवार बढाउने योजना बनाइरहेका थिए। त्यसैले घर फराकिलो, खुला र हरियाली भएको होस् भन्ने उनीहरू चाहन्थे।

यस घरमा शौख–सुविधाको सम्पूर्ण व्यवस्था छ । जस्तो कि, मुभी थिएटर, बार, इनडोर बास्केटबल कोर्ट, ठूलो स्विमिङ पुल र मिरर वालयुक्त जिम । प्रियंकाको यस घरबाट पहाडको लोभलाग्दो  दृश्यहरू पनि देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्