‘नागिन’ मौनी रायले गरिन् प्रेमी सुरजसँग विवाह




एजेन्सी । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेकी हुन् ।

दुवैका परिवारका सदस्य र नजिकका साथीहरूको उपस्थितिमा मलयाली र बङ्गाली रीतिरिवाजअनुसार उनीहरूको विवाह भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरज दक्षिण भारतीय हुन् ।

अहिले उनीहरूको विवाहको सुन्दर तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रिपोर्टका अनुसार उनीहरू दुवैले आज साँझ बङ्गाली रीतिरिवाजमा विवाह गर्ने छन् ।

भाइरल तस्विर र भिडियोमा मौनीले सेतो रङ्गको साडी लगाएको देख्न सकिन्छ, जसको बोर्डर रातो र सुनौलो रङ्गको छ । मौनीले सुनको गहना लगाएर आफ्नो साउथ इन्डियन ब्राइडल लुक पूरा गरेकी छिन् । सोही क्रममा सूरजले साउथ अटायर सेतो लुंगी र क्रिम लेक्वेर्ड कुर्ता लगाएका थिए । केही तस्बिरहरूमा सूरज मौनीलाई मङ्गलसूत्र र एक अर्कालाई माला लगाएको पनि देखिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्