तेजस्वी प्रकाशले जितिन् बिग बोस-१५ को उपाधि



एजेन्सी । भारतको चर्चित टेलिभिजन रियालिटी सो बिग बोस-१५ को उपाधि तेजस्वी प्रकाशले जितेकी छिन् ।
 
गए राति भएको फिनालेमा प्रतीक सहजपाल, करण कुद्रा र निशान्त भट्टलाई पछि पार्दै तेजस्वीले १५ औं सिजनको बिग बोसको उपाधि जितेकी हुन् ।

उपाधिसँगै उनले पुरस्कार स्वरूप ४० लाख भारु प्राप्त गरेकी छन् ।

कलर्स टिभीमा प्रसारण भएको उक्त सोको फाइनलमा करण कुन्द्रा, तेजस्वी प्रकाश, प्रतीक सहजपाल, शमिता शेट्टी र निशान्त भाट पुगेका थिए ।

सबै शीर्ष पाँच फाइनललाई १० लाखको मूल्यको साथ एक सूटकेस प्रस्ताव गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्