तत्काल विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा सिंहदरबारमा छलफल



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक रूपमा विद्यालय खोल्ने विषयमा सरोकारवालासँग छलफल गरिरहेका छन्। कोरोनाभाइरस सङ्क्रमणको तेस्रो लहरसँगै बन्द रहेका शिक्षण संस्था खोल्ने विषयमा अहिले सरोकारवालाबिच प्रधानमन्त्रीले छलफल गरिरहेका हुन्।

प्रधानमन्त्री कार्यालयमा भएको कुराकानीमा विद्यालय खोल्ने विषयबारे छलफल भएको बुझिएको छ । पछिल्लो समय स्थानीय तहले भौतिक रूपमा विद्यालय खोल्ने निर्णय गर्न थालेपछि यसबारे छलफल भएको हो।

छलफलमा प्रधानमन्त्री देउवासहित प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।

सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ । त्यसपछि भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनको जोड छ । आजको छलफलले एउटा निणर्य गर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्