रौतहटको गहुँबारीमा मुखमा कपडा कोचिएको अवस्थामा महिलाको श’व फेला



रौतहट ।  रौतहटमा एक महिलाको श’व गहुँबारीमा फेला परेको छ । रौतहटको ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको श’व फेला परेको हो ।

ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको श’व फेला परेको प्रहरीले बताएको छ । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बिचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको हो ।

रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेका  अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका-७ का एक युवकसँग विवाह भएको थियो । विवाह भए पनि उनी माइतीमै बस्दै आएकी थिइन् । 

‘उनका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएकी रहिछन्’ प्रहरी उपरीक्षक घिमिरेले भने, ‘श’वलाई पोष्टमार्टम पछि ह’त्याको बारेमा थप कुरा खुल्ने छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्