एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)



काठमाडौँ ।  आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज (बिहीबार) सार्वजनिक गरेको हो ।

तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य अङ्ग्रेजी, अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले त्यसअघि नै परीक्षा तोकिएको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ। कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।

हेर्नुस् परीक्षा तालिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्