३ लाख नक्कली नोटसहित चार जना प’क्राउ



काठमाडौँ । काठमाडौँबाट एक हजार दरका करिब ३ लाख थान नक्कली नोटसहित ४ जना प’क्राउ परेका छन् ।

प’क्राउ पर्नेमा रौतहट गौर नगरपालिका १२ मा घर भएका हाल नयाँ बजार बस्ने २८ वर्षीय पृथ्वी प्रसाद साह, वडा नं. ९ का २८ वर्षीय महमद शम्साद आलम, राजपुर नगरपालिका ३ का २७ मोहम्मद असरफ अली र राजपुर ६ का ३० वर्षीय असरफ सहिद रहेका छन् । 

काठमाडौँ महानगरपालिका वडा नं. १६ स्थित नयाँ बजार मेडिकल एरियामा नक्कली नोटको कारोबार हुँदै छ भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध अनुसन्धानको टोलीले उनीहरूलाई बुधवार प’क्राउ गरेको हो ।

उनीहरूको साथबाट २ लाख ९४ हजार थान एक हजारका दरले नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्