कीर्तिपुरमा प्रेसर कुकरले हानेर बाबुको ह’त्या, दुई छोरा प’क्राउ



काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा बाबुको ह’त्या गरेको आ’रोपमा प्रहरीले दुई जनालाई प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका-६ पाण्डेछाप बस्ने मृतकका माहिलो छोरा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कान्छो छोरा कृष्ण महर्जन रहेका छन् । उनीहरूले आफ्नो बुबाको बिहीबार साँझ प्रेसर कुकर र लोहोरोले टाउकोमा हानेर ह’त्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार  प’क्राउ परेका उनीहरु माथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद- १२ को ‘ज्यान सम्बन्धी कसूरमा प्रहरी बृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्