बालाजुमा पैदल यात्रीलाई ठक्कर दिएर भागेको आ’रोपमा बस चालक प’क्राउ



काठमाडौँ । बालाजुमा पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान दुई पैदल यात्रुलाई ठक्कर दिएर फरार भएको बस चालकलाई बससहित हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

धादिङ सिद्धलेक गाउँपालिका ४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरीले जनाएको छ । उनलाई धादिङ बेसीबाट प’क्राउ गरिएको हो ।

दुई जनालाई ठक्कर दिएर भागेको आ’रोपमा बा.प्र०१-१००५ ख ९३१४ नम्बरको बससहित चालक २९ वर्षीय प्रदीप थपलियालाई प्रहरीले शुक्रवार बिहान धादिङ बेँसीबाट प’क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान ५ बजेर ५० मिनेटको समयमा बालाजुको गङ्गा हल अगाडि बसले हिँडिरहेका दुई जनालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट रसुवा कालिका गाउँपालिका घर भएका मनमैजु बस्ने १८ वर्षीय विकास तामाङ र काठमाडौँ महानगरपालिका जागृति टोल बस्ने दुर्गामाया थापा मगरको मृत्यु भएको थियो ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्