दाेस्राे पटक यौ’न सम्पर्क गर्न नमानेपछि देवरले गरे ६० वर्षिया भाउजुको ह’त्या



कपिलवस्तु । यौ’न सम्पर्क गर्न असहमत भएपछि कपिलवस्तुमा ६० वर्षीया वृद्धको ह’त्या भएको छ । बाणगंगा नगरपालिका–१० सोनपुरकी एकल महिलाको ह’त्याको आ’रोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले देवरलाई प’क्राउ गरेको छ ।

प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार यशोधाका देवर वर्ष ४० वर्षिय शम्भु लोनियाले माघ १० गते राति भाउजुको ह’त्या गरेका थिए ।

यसोदा लोनिया २०७८ मंसिर ११ गते दिउसो ४ बजे आफ्नै घर भित्र मृत फेला परेकी थिइन् । उत्तानो अवस्थामा पेट माथि रातो टर्चलाइट राखेको, रातो बुट्टेदार धोती एक छेउ कम्मरको भागमा र अर्को छेउले मृतको घाँटीमा २ फन्को पारी बेरी बाहिरबाट नरिवलको डोरिले गाँठो पारि बाँधेको र कम्बर भन्दा तल्लो भाग न’ग्न अवस्थामा उनी फेला परेकी थिइन्।

प्रहरीले झण्डै ३ महिना पछि ह’त्यारा पत्ता लगाएको हो ।  ह’त्या आ’रोपीलाई प्रहरी आइतबार सार्वजनिक गरेर घटना विवरण बाहिर ल्याएको छ ।

देवर भाउजु बिच सहमतीमा यौ’न सम्पर्क भएको र दोस्रो पटक यौ’न सम्पर्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँ’टी थिचेर ह’त्या गरेको स्विकार गरेको भण्डारीले बताउनु भयो ।

घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको – नाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनु भयो ।

अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाको प्रहरी निरीक्षक केशवराज ज्ञवालीको संयोजकतामा टोली गठन गरिएको थियो । कपिलवस्तु प्रहरीले उनलाई जिल्ला अदालत कपिलवस्तुमा पेस गरी ५ दिन म्याद थपेर कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्