२४ वर्षीया महिलालाई बला त्कार गरेको आ रोपमा २ जना प क्राउ



नुवाकोट । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई प’क्राउ गरेका छन् ।

प’क्राउ पर्नेमा शिबपुरी गाउँपालिका-७ नयाँगाउँ बस्ने २५ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङ रहेका छन् । प्रहरीले उनीहरुलाई आइतबार बिहान प्रहरीले प’क्राउ गरेको हो ।

प्रहरीका अनुसार राजुले ती महिलालाई फोनमार्फत् काम छ भनि आफ्नै घरमा बोलाएर शनिबार दिउँसो जबरजस्ती करणी गरेको र महिला उक्त ठाउँबाट आफ्नो घरतर्फ फर्किने क्रममा सोही ठाउँस्थित बाटोमा सुजनले पनि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्