एकीकृत समाजवादीका शीर्ष नेताहरु छलफलमा



काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरु अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौताबारे छलफलमा लागेका छन्।

शुक्रबार अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा लागेका हुन्।

गठबन्धनका घटकहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने एमसीसी सम्झौताको विपक्षमा उभिने बताउँदै आएका छन्।

गठबन्धन भत्किन नदिन माओवादी र एकीकृत समाजवादी आफ्नो निर्णयमा पुनर्विचार गर्न अग्रसर भएको चर्चा भइरहेका बेला नेपालले पार्टीका नेताहरु झलनाथ खनाल, गंगालाल तुलाधर, विरोध खतिवडालगायतलाई बोलाएर छलफल गरेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्