जसपाको बैठकमा पक्ष विपक्षमा चर्काचर्की



काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठकमा पक्ष विपक्षमा चर्काचर्की भएको छ। ग्वार्कोको एक होटलमा बसेको बैठकमा एजेण्डा प्रस्तुत नहुँदै नेताहरुले आ–आफ्ना कुरा पक्ष र विपक्षमा राख्न थालेका हुन्।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको कमीकमजोरी देखाई आलोचना गरेका छन भने अध्यक्ष पक्षका नेताहरुले अध्यक्ष यादवको कमीकमजोरी देखाइ आलोचना गर्न लागिपरेका छन्।

यही विषयमा दुबै पक्षबीच चर्काचर्की भइरहेको छ। बैठकको एजेण्डा एमसीसी, स्थानीय तहको चुनाव, पार्टी समायोजन, कार्यविभाजन लगायतको रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्