नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपालबीच छलफल




काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका छन्।

शुक्रबार एमसीसी र समसामयिक राजनीतिक विषयमा छलफलका लागि दुई नेता सिंहदरबारमा छलफलमा बसेका हुन्।

धनगढीमा रहेका नेपाल प्रचण्डकै आग्रहमा शुक्रबार बिहान काठमाडौं आएका हुन्। काठमाडौं आउनेबित्तिकै उनले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। त्यसपछि पार्टीको आन्तरिक बैठकपछि नेपालले प्रचण्डलाई भेटेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्