गठबन्धन जोगाउन काङ्ग्रेस-माओवादी सकारात्मक



काठमाडौं। नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरूबिच भेटवार्ता भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुवै पक्ष सकारात्मक भएका हुन्।

शुक्रवारको छलफलमा फेरि गठबन्धन जोगाउन दुवै पक्षबिच सकारात्मक ढङ्गले छलफल भएको बैठकपछि एक नेताले जानकारी दिए।बैठकमा देउवासहित काँग्रेसबाट पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की र गगन थापा तथा माओवादीको तर्फबाट प्रचण्डसहित जनार्दन शर्मा सहभागी थिए।

आजै बसेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटी समितिको बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्