गौशाला निर्माणमा केही अज्ञात मानिसहरूले अवरोध पुर्‍याउँदै 



महाराजगन्ज । हिन्दु युवा शक्ति कपिलवस्तुले बुद्धभुमि नगरपालिका वडा नं ७ मा निर्माण गरिरहेको गौशाला निर्माण मा केही अज्ञात मानिसहरूले  अवरोध गरिरहेका छन् । 

हिजो राति को समयमा अज्ञात समूहले गौशाला को चारैतिरबाट लगाइएको तार जाली केही ठाउँमा तारलाई पनि काटेको हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले बताउनु भयो । गौशाला को निर्माण जहिले बाट सुरु भएको त्यही समय बाट केही व्यक्तिहरूले विरोध गरिरहेका अनि त्यहीका धेरै  स्थानीय व्यक्तिहरूले सहयोग पनि गर्दै आएका छन् । 

त्यस गौशाला भित्र महाराजगन्ज नगरपालिका वडा नं ११ शंकरपुर गाउँ मा हिन्दु युवा शक्ति कपिलवस्तु , नेपाल विश्व हिन्दु महासङ्घ , महाकाल सामाजिक संस्था हरू को पहलमा ७७ वटा गाइगाेरुहरु तस्करहरू बाट छापा मारेर बचाउन सफल भएका थिए । त्यही को गाइगाेरुहरु गौशाला भित्र अहिले रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्