युक्रेनबाट नेपाली फर्कने क्रम जारी



काठमाडौं। युद्धमा होमिएको युक्रेनबाट नेपाली फर्कने क्रम जारी छ तर त्यहीँ स्थायी रूपमै वर्षोंदेखि बसिरहेका नेपालीहरू भने त्रसित अवस्थामा ज्यान जोगाउने मेलो गर्दै छन्।

राजधानी किभको सडकमै उत्रिएर रुसी सेनाहरूले अन्धाधुन्ध आक्रमण गरेपछि ज्यान जोगाउन किम छाडेर पश्चिम-दक्षिण शहर भसिल्कोभ पुगेका रघुनाथ साह आइतबार राति सम्पर्कमा आएका थिए।

उनले भसिल्कोभस्थित छोरीको साथीको घरभित्र अन्डरग्राउन्ड मा सपरिवार लुकेर बसेको बताए। उनका अनुसार उक्त शहरको प्रायः सबै घरमा तरकारी भण्डारणका लागि अन्डरग्राउन्ड बनाइएको हुन्छ।

अहिले रुसी सैनिकको बख्तर बन्द गाडीको साइरन सुन्ने बित्तिकै उक्त शहरका सबै घरमुनिको त्यही अन्डरग्राउन्डमा लुक्ने गरेको उनले बताए। उनले आफू लुकिरहेको घरमा साथीको छोरीको परिवारका तीन जना र उनको पत्नी र दुई छोरी गरी सात जना रहेको जानकारी दिए।

आइतबारको रात कटाउन सके सोमबार पोल्यान्डतपर्क लाग्ने योजनामा रहेका साहले भन्नुभयोुआज राति ज्यान जोगिए हामी भोलि पोल्यान्ड जानेछौँ। उनका अन्य नातेदार पनि शनिवार नै किभ झाडेर सुरक्षित स्थानतर्फ लागेको उनले बताए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्