रुसी राष्ट्रपति पुटिन;निर्धारित योजना अनुसार युक्रेनमाथि हमला गरेका हौं




एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरूप नै भएको बिहीबार बताएका छन्। उनले भनेका छन्, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौं, त्यसको तयारी हामीले गरेका थियौं।’

रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन्। ‘हामीले तोकिएको काम गरेका छौं र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौं,’ उनले भनेका छन्। उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए।

उनले भने, ‘रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौं।’ रुसको सीमा क्षेत्रमा पश्चिमाहरूबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनले बताए।

रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ। बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरूमा रुसी सेनाले हमला जारी नै राखेको बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्