युक्रेनद्वारा अजोभ समुन्द्रमा अल्पकालीन पहुँच समाप्त भएको स्वीकार



काठमाडौँ। युक्रेनले अजोभ समुन्द्रमा आफ्नो अल्पकालीन पहुँच समाप्त भएको स्वीकार गरेको छ। रुसले युक्रेनमाथि सैन्य हमला गरेको २४ दिन भएको छ।

सो समुन्द्र युक्रेनको दक्षिण पूर्व, रुसको पश्चिम र सन् २०१४ मा अधीनस्थ गरेको युक्रेनी राज्य क्रिमियाको उत्तर पूर्वमा छ।

युक्रेनी रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले बन्दरगाह सहर मारियोपोलमा घेराबन्दीलाई कडाइ गरेपछि सो समुन्द्रको सम्पर्क टुटेको थियो।

रुसी फौजले डोनेस्ट्क जिल्लालाई आफ्नो नियन्त्रणमा लिन सफल भएकाले युक्रेनको सो समुन्द्रमा पहुँच अल्पकालीन रूपमा समाप्त भएको युक्रेनी रक्षा मन्त्रालयको विज्ञप्तिमा भएको अलजजिराले उल्लेख गरेको छ।

तर मन्त्रालयले युक्रेनी फौजले सो समुन्द्रमा पहुँच पुनः स्थापित गरेको वा कहिले गरेको भन्ने उल्लेख गरेको छैन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्