जसपाले केन्द्रीय नेतालाई खटाउदै निर्वाचन क्षेत्र र पालिकामा



काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना पार्टीका केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने भएको छ। तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरूलाई खटाउन लागिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार नेताहरूले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर संगठन विस्तारका कार्यक्रम सञ्चालन गर्ने छन्। यसैगरी पार्टीको नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्तालाई प्रशिक्षित गरिने छ।

यस अवधिमा संगठनको अभिलेख संकलन र सदस्यता वितरण कार्यसमेत हुने र सोहीबमोजिम पार्टीले आगामी शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहमा प्रशिक्षण कार्यक्रम गर्ने भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्