नेपाली कांग्रेसले टुंगो लगायो चार समितिमा सभापतिका उम्मेदवार



काठमाडौं। नेपाली कांग्रेसले आफ्नो भागमा परेका संसदीय समितिमा सभापतिका उम्मेदवारको टुंगो लगाएको छ। नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंगो लगाएको हो।

कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरे पनि सो समूहबाट जीवन परियारमात्रै परेका छन्।प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्