काठमाण्डौ प्रहरीले पत्नीपिडीत ज्ञवालीको उजरी लिन किन मानेन ?



काठमाडौं, १५ चैत

श्रीमान श्रीमतीबीच छोडपत्र भइसक्दा पनि एनजीओहरुले आफ्नो स्वार्थपूर्तिका लागि उनीहरुलाई नै प्रयोग गर्ने गरेको एक घटनाबाट खुलेको छ ।

देवी पौडेल (ज्ञवाली) र शंकर ज्ञवालीबीच मिलिसकेको सम्बन्धलाई एक एनजीओले जबर्जस्ती उचालेर विवाद निम्त्याएको छ ।

छोडपत्र भएकी पत्नी देवीले सामाजिक सञ्जालबाट चरित्र हत्या गरेपछि पूर्व पति शंकर न्याय माग्न काठमाडौं प्रहरी समक्ष पुगे ।

तर, शंकरको निवेदन लिन प्रहरीले आनाकानी गरिरहेको छ ।

महिला अधिकारकर्मीहरूको दवावमा शंकरले देवीविरुद्ध दिएको साइबर क्राइमको उजरीलाई काठमाडौं प्रहरीले अनुसन्धान गर्न रुची देखाएको छैन ।

पूर्व पत्नी देवीले शंकरविरुद्ध अदालतमा विभिन्न खालका उजुरीहरू दिएकी छिन् ।

अदालतमा देवी र शंकरबीच लडाइँ जारी छ ।

सामाजिक सञ्जालबाट देवीले आफ्नो मानमर्दन गरेको भन्दै अपराध महाशाखा टेकुमा उजुरी दिए ।

अपराध महाशाखाले पत्र लेखेर परिसरतिर पन्छाइदिएको छ ।

देवी चितवन माइत भएकी महिला हुन् ।

देवीले २०६२ साल असार २९ गते गुल्मीको हसरा–७ बस्ने शंकर ज्ञवालीसँग विवाह गरेकी हुन् ।

उनीहरूको वैवाहिक जीवन धेरै दिन चल्न सकेन ।

अदालतको फैसला अनुसार मासिक १५ हजार माना चामल पाउने गरेर देवी ललितपुरमा बस्दै आएकी छिन् ।

शंकर ज्ञवालीसँग अलग बसे पनि देवीले उनलाई दुःख दिन भने छाडेकी छैनन् ।

आफूलाई महिला हिंसा गरेको भन्दै अधिवक्ता मीरा ढुंगानाको एनजीओ मार्फत शंकरविरुद्ध झण्डै २५ किसिमका उजुरीहरू दिएकी छिन् । अदालत, प्रहरी, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग लगायतका आधा दर्जन बढी निकायमा देवीले शंकर विरुद्ध उजुरी दिएकी छिन् ।

देवीलाई महिला विकास र कानुन मञ्च (एफडब्लुएलडी) नामक एनजिओले उचालेर पूर्व पति शंकरलाई दुःख दिएको भनेर आरोप पनि लाग्ने गरेको छ ।

अलग–अलग बसेका देवी र शंकरबीचको यो विवाद र झगडालाई एनजीओले आगो लाउने काम गरेका छन् ।

देवीलाई उचाल्नेमा अधिवक्ता एवम् एनजीओकर्मी मीरा ढुंगानाले ठूलो भूमिका खेलेको आरोप ज्ञवालीको छ ।

‘लामो समयदेखि देवीसँग म अलग बसेको छु ।

अदालतले सम्बन्ध विच्छेद गराएर मानाचामल भराइदिएको छु ।

तैपनि महिला हिंसा गर्यो भनेर उजुरी दिएकी छिन् ।

उनलाई एनजीओहरूले उचालेका छन्’, शंकरले भने–‘हुँदा–हुँदा सामाजिक सञ्जालमा मेरो बद्नाम गर्ने काम भएको छ ।

मलाई सिध्याउने गरेर देवीलाई उचालेर एनजीओहरूले गतिविधि गरेका छन् ।’

देवी र एनजीओका कारण पटक–पटक ज्ञवाली हिरासतमा बस्न बाध्य भएका छन् ।

देवी र एनजिओका कारण अहिले पनि विभिन्न खालका टर्चरहरू व्यहोर्नु परेको ज्ञवालीले बताए ।

‘म पुरुष भएकै कारण महिलाले लगाएको आरोपको दुःख कष्ट सधै व्यहोरी रहनु पर्छ ?’, शंकरले भने–‘मलाई अन्याय भएको कसैले देख्न नपर्ने ?’ शंकरले आफ्नो पक्षमा बोलिदिने कोही नभएका कारण लामो समयदेखि पूर्व पत्नी देवीको थिचोमिचो अहिले पनि सहनु परेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्