आगामी जेठ ५ गते अन्तराष्ट्रिय म्याराथन दौड हुने ।।



सैघाली खबर/काठमाण्डौँ, २० बैशाख।
आगामी जेठ ५ गते अन्तर्रा्ष्ट्रिय म्याराथन दौड हुने भएको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को आयोजनामा लाङ्टाङ पदमार्गमा म्याराथन हुने भएको हो । लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ४२ किलोमिटर दूरीमा म्याराथन दौड सञ्चालन गरिने बताईएको छ ।

लाङ्टाङ क्षेत्र सुरक्षित र पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको सन्देश विश्वसामु प्रवाह गर्ने उदेश्यले म्याराथन दौड आयोजना गर्न लागिएको हो । लाङ्टाङ क्षेत्रमा दोस्रो पटक हुने म्याराथन दौडमा एक सय भन्दा बढी धावक सहभागी हुनेछन् । विगतका वर्षमा भने गोसाइँकुण्डबाट धुञ्चेसम्म दौड आयोजना गरिएको टानका प्रथम उपाध्यक्ष जीवन थापा मगरले बताएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्