‘वर्ल्ड ११’ मा सन्दिप ।।



सैघाली खबर/काठमाण्डौँ, २ जेठ।
नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आईसीसी ‘वर्ल्ड ११’ मा परेका छन् । यो खेल ३१ मे मा लड्र्समा हुनेछ । बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् ।

उनका लागि यो ऐतिहासिक खेल हुनेछ । किनकी उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्