मेयरकप आज दिउसो साढे २ बजे देखि



 

तुलसीपुर ३०जेठ ।

तुलसीपुरमा जारी मेयरकप फूटबल प्रतियोगिता आज दिउसो साढे २ बजे देखि हुने भएको छ । दिउसो आज सेमिफाइनल चरणको पहिलो खेलमा वडा न ७ र ५ भिड्नेछन्, भने दोस्रो सेमिफाइनलमा वडा न १५ र ६ बिच भिड्न्त हुने आयोजकले जनाएको छ । हिजो मंगलबार तुलसिपुर उपमहानगरपालिका वडा न १५,६,७ र ५ सेमिफाईनलमा प्रवेश गरेका छन । मगलवार बिहान भएको खेलमा मेयरकप फुटबलको उपाधीको दावेदार मानिएको वडा न ९ लाई ट्राईवेकरमा १ बिरुद्ध ३ गोल अन्तरले पराजित गर्दै वडा न १५ ले सेमिफाइनल यात्रा तय गरेको हो । खेल अवधिभर उत्कृष्ट किपिङ गर्ने वडा न १५ का किप्पर भुप बहादुर वली म्यान अफ म्याच घोषित भए ।

यस्तै वडा न १० लाई १ का बिरुद्ध २ गोल अन्तरले पराजीत गर्दै वडा न ६ ले सेमिफाइनल यात्रा तय गरेको हो । वडा न ६ का तर्फबाट मनोज चौधरीले पहिलो गोल गरे भने कमल लामिछानेले गरेको थप १ गोलनै टिमका लागि निर्णायक गोल सावित भयो ।

त्यस्तै वडा न १० का तर्फबाट खेलको पहिलो हाफ्को सुरुवाती डेढ मिनेटमा रोषण खड्काले गोल गरेका थिए । खेलमा जसीए नम्बर १७ का हरि बुढामगर म्यान अफ दि म्याच घोषित भए । यस्तै तेस्रो क्वाटर फाईनलमा वडा न ८ लाई १ का बिरुद्ध २ गोल अन्तरले पराजित गर्दै वडा न ७ सेमिफाइनलमा प्रवेश गरेको छ । वडा न ७ का तर्फ बाट नारायण भुषालले पहिलो गोल गरे भने शरद भण्डारीले थप १ गोल गर्दै टिमलाई १ का विरुद्ध २ गोलको अग्रता दिलाउन सफल भए ।

त्यस्तै वडा न ८ का तर्फबाट प्रकाश बिकले १ गोल गरेका थिए । खेलमा वडा न ७ का सरद भण्डारी म्यान अफ द म्याच घोषित भए । त्यस्तै अन्तिम क्वाटर फाईनलमा वडा न ३ लाई ट्राईवेकरमा २ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै वडा न ५ सेमिफाइनलमा प्रवेस गरेको हो । खेलमा उत्कृष्ट खेल प्रदर्सन गर्ने दुर्गा लवट म्यान अफ दि म्याच घोषित भए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्