२० मिनेटको लागि गर्लफ्रेन्ड…, त्यो पनि जम्मा १५ रुपयाँमा !



सैघाली खबर,
जेठ ३० । हामी सबैको जीवनमा केहि बन्ने लक्ष्य हुन्छ । कोहि डाक्टर बन्ने लक्ष्य राख्छन् त कोहि पाइलट त कोहि शिक्षक तर के तपाइँले कसैको गर्लफ्रेन्ड वा कसैको ब्याईफ्रेन्ड बन्ने लक्ष्य राख्छौं रु

 

पक्कै पनि तपाईलाई यो प्रश्न अचम्म लाग्यो होला । किनकी चीनमा एउटा सपिंग कम्प्लेक्सले गर्लफ्रेन्डको जागिर दिएको छ । यसको मतलव जागिर खानेको कामनै कसैको गर्लफ्रेन्ड बन्नु पर्ने हुन्छ ।

भनिन्छ नि संसारमा सबै थोक किनेर पाइन्छ तर बाबु(आमा पाइन्न । हुन पनि हो अब हुँदा हुँदा गर्लफ्रेन्ड पनि किनेर नै पाइने भए पछी के को चिन्ता रु तपाइँ जति सुकै नराम्रो हुनुस् वा तपाइँसँग गर्लफ्रेन्ड नै छैन, एक्लै झ्याउ लागेको छ भने अब तपाइको लागि राम्री(राम्री शुन्दरी तपाइको अघि(पछी हुन्छन् ।

माथिका कुराहरुले तपाइले केहि कुरा बुझ्नुनै भयो होला अब भाडामा पनि गर्लफ्रेन्ड पाइन्छ । एउटा यस्तो जागिर जो तपाइँलाई थाहा छैन, तर प्रचलनमा छ । जुन ट्रेन्ड हाम्रै छिमेकी मुलुक चीनमा प्रचलनमा आएको हो । जहाँ भाडामा गर्लफ्रेन्ड लिएर सँगै हिड्न तथा नियामानुसार ति गर्लफ्रेन्डको प्रयोग गर्न पाइन्छ ।

रिपोर्टको अनुसार चीनको शहर हुआनमा एक शपिङ सेन्टरले १५ जना युवतीलाई भाडामा उपलब्ध गराएको छ । विटालिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य गेटमा ति युवतीहरु पाइन्छन् ।

जसमध्य तपाइँलाई जुन राम्री लाग्छ, उसैलाई छान्न पाउनुहुन्छ, जसको लागि मात्र १५ रुपयाँ ९नेपाली पैसामा रुपान्तर गर्दा० मात्र तिर्नु पर्ने हुन्छ । २० मिनेटको लागि तपाइँले गर्लफ्रेन्ड पाउनुहुन्छ र यदी २० मिनेट काटेमा मिनेट अनुसार पैसा तिरे पुग्छ ।

 

युवती भाडामा लिएपछि तपाइँले उनको साथ शपिङ, लन्च वा डिनर लिन सक्नु हुन्छ । यदी तपाइँ सपिंग गर्न जाँदै हुनुहुन्छ र एक्लो हुनुहुन्छ भन्ने तपाइले उनै गर्लफ्रेन्डलाई लिएर जान सक्नुहुन्छ, जसले तपाइँले आग्रह गर्नुभएमा तपाइले किन्नु भएको सामान बोक्ने, तपाइँसँग गर्लफ्रेन्डले झैं व्यवहार गर्ने, सँगै हिड्ने तथा सपिङ मलमा खाजारखानारकफी खाने, तपाइँसँग फोटो खिच्ने लागायतको सेवा गर्नेछिन् ।

यस शपिङ सेन्टरले जनाए अनुसार यो पछिल्लो समयको सबैभन्दा ठूलो शपिङ ट्रेन्ड बन्नेछ । तर एउटा सर्त तपाइँको लागि खिन्न बनाउने खालको के छ भने तपाइँले भाडामा लिएर जानु भएको उक्त युवतीलाई तपाइले छुन भने पाउनुहुने छैन । ‘ गज्जब छैन त चाइनिजहरुको व्यापार पोलिसी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्