खानै नमिल्ने मासु पनि बेच्छन् ब्यापारी



सैघाली खबर, ३० जेठ।
हुम्ला सदरमुकाम सिमकोटको एउटा मासु पसलबाट बुधबार ३७ किलो खान अयोग्य कुखुराको मासु बरामद गरिएको छ । गाउँपालिकाबाट खटिएको अनुगमन टोलीले नेपालगन्जबाट हवाईजहाजमार्फत् सिमकोट भित्र्याइएको खान अयोग्य बोइलर कुखुराको ३७ किलो मासु बरामद गरी नस्ट गरेको हो ।

सिमकोट गाउँपालिका र स्थानीय प्रशासनको संयुक्त टोलीले सिमकोटमा रहेका १७ ओटा मासु पसलमा अनुगमन गर्दा शान्ति फ्रेस हाउसबाट सो मासु बरामद गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।

पहिलोपटक भएकाले चेतावनीमात्र दिएको र अबका दिनमा पनि दोहरिएमा दर्ता खारेज गर्ने सिमकोट गाउँपालिकाले जनाएको छ । अनुगमनकाक्रममा १३ ओटा पसलले दर्ता नै नगरी मासु बिक्री गरिरहेको पाइएको छ । दर्ता नभएकालाई तीन दिनभित्र दर्ता गर्न गाउँपालिकाले निर्देशन दिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्