गाएक प्रेम शर्माले भने ‘लाको माया छाडेर का जाम्ला’ (भिडियो)



सैघाली खबर, ३ असार ।
लोक गित संगितमा लामो समयदेखि लागेका गाएक पे्रम शर्माले नयाँ गिती संग्रह बजारमा ल्याएका छन् । शर्माले ‘माली गाईलाई बाटेको दाम्ला, लाको माया छाडेर का जाम्ला’ नामक नयाँ गीती संग्रह भर्खरै बजारमा ल्याएका हुन् । गितमा प्रेम शर्मा र डोल्मा लामिछाने मगरको स्वर रहेको छ ।

वरिष्ठ लोक तथा दोहोरी गायक चन्द्र शर्माको शब्द, शिव हमाल र कृष्ण रेउँले थेगो लय रहेको उक्त गितीसंग्रहलाई सम्झना डिजीटलले बजारमा ल्याएको हो । झ्याउँरे भाकामा रहेको उक्त गीतमा ‘उत्कृष्ट शब्द, संगित र स्वरको समायोजन भएकाले दर्शहरुले अत्याधीक मनपराई दिनुहुनेछ भन्नेमा आफु आशावादी रहेको शर्माले बताए । गायक शर्माले उक्त गीतको भिडियो समेत तयार पारिसकेका छन ।

भिडियोमा मोडल पिएन सापकोटा र डोल्मा लामिछाने मगरको अभिनय देख्न सकिन्छ । दाङमा जन्मिएर बिंस. २०६२ साल देखि सक्रिय रुपमा गीत संगित क्षेत्रमा लागेका शर्माले यस अघि बसिसक्यो मायाँ, मुग्लान छिरौला, मायालाई बोलाको हेर, जान्छु परदेश, भेट भएन लगायत थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन । राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ जिल्लाको बर्तमान अध्यक्ष समेत रहेका शर्माले गीत संगित क्षेत्रमा टेवा पुर्याएको भन्दै विभिन्न लोक दोहोरी पुरुस्कार एवम सम्मान पाइसकेका छन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्