झण्डै एक लाख विद्यार्थी ११ कक्षा पढ्न बञ्चित !



सैघाली खबर, १० असार ।

२०७४ सालको एसईई परीक्षाको नतिजाअनुसार झण्डै एकलाख विद्यार्थी कक्षा ११ पढ्न बञ्चित हुने भएका छन् । यो नतिजाले नेपालको शिक्षा प्रणाली अझै पनि माथि नउठेको पुष्टि हुने शिक्षाविदहरु बताउँछन् । यस वर्ष एसईई परीक्षामा ४ लाख ५१ हजार बढी परीक्षार्थी सहभागी भएका थिए । यीमध्ये ०.८५ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २७२ छ । यसबाट स्पष्ट हुन्छ १.६५ जीपीए अर्थात ‘सी’ ग्रेड पनि नल्याउनेहरुले माथिल्लो कक्षा पढ्न पाउने छैनन् ।

उनीहरुले ग्रेड वृद्धिको मौका परीक्षा भने दिन पाउँछन् । साउन २३ गते तोकिएको मौका परीक्षामा ग्रेड वृद्धि गर्नेहरु मात्रै माथिल्लो कक्षामा भर्ना हुन पाउने छन् ।

हेर्नुहोस् यस वर्षको एसईई नतिजा

कुन जीपीएमा कुन विषय पढ्न पाइन्छ ?

अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर विषय पढ्न चाहनेले न्यूनतम जीपीए २ अर्थात ‘सी’ ग्रेड ल्याउनै पर्छ । यसका साथै अंग्रेजी र गणितमा न्युनतम सी प्लस, अंग्रेजीमा न्युनतम सी, सामाजिक र नेपालीमा न्युनतम डी ग्रेड ल्याउनै पर्छ । योभन्दा कम ग्रेड ल्याउनेले यीबाहेक अरु जे विषय पनि पढ्न पाउँछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्