मेयर कपको उपाधि १५ लाई (भिडियो सहित)



दाङ,११ असार । घोराहीमा जारी मेयर कप फुटवलको उपाधि वडा नं. १५ ले हात पारेको छ । घोराही उपमहानगरपालिले आयोजना गरेको फुटवल प्रतियोगीतामा वडा नं. १५ ले वडा नं. ६ लाई एक विरुद्ध दुई गोलले विजयी भएको हो । खेलको अन्तिम समय सम्म पनि दुवै वडाका बिचमा कडा प्रतिस्प्रर्धा भएको थियो । खेलकोे दोश्रो चरणमा मात्र वडा नं. १५ ले एक गोल गरेको थियो ।

 

निकै रोमान्चक रुपमा सुरु भएको खेलको अन्तिम समयमा वडा नं ६ ले एक गोल गरेपछि दुबै टिम बरावर भएका थिए ।दुबै टिम बराबर भएपछि थप गरिएको तीन मिनेटको समयमा वडा नं.१५ ले एक गोल थप हाने पछि वडा नं १५ बिजयी भएको हो । जेठ २५ बाट सुरु भएको खेलमा प्रथम हुनेले १ लाख दोश्रोले ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजक घोराही उप–महानगरपालिकाले जनाएको छ । विजयी सम्पूर्ण खेलाडीलार्ई पुरस्कार सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्