एउटा मण्डपमा एक बेहुला तीन बेहुली भएपछि…



यो संसारमा यस्तो पनि घटना पनि घटेको छ । सुन्दा हामी जो कोहीलाई अनौठो लाग्नु स्वभाविक नै हो । भारतको राजस्थानको उदयपुर जिल्लास्थित आदिवासी समुदायको घटना हो यो । एकजना पुरुषले एउटै मण्डपमा तीनजना महिलासँग बिहे गरेका छन् ।

आदिवासी समुदायका ३३ वर्षीय नक्काल कसौटियाले आफूसँग लिभइन रिलेसनमा रहेका ३ वटै महिलासँग बिहे गरेर अचम्ममा पारिदिए ।

समाचार अनुसार पोलियोग्रस्त नक्काल एकजना महिलासँग १२ वर्षदेखि लिभइन रिलेसनमा थिए भने अर्कीसँग ८ वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यस्तै तेश्रो महिलाचाहिँ उसको प्रेमिकाकी बहिनी हुन् । जोसँग उनी पछिल्लो एक वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यसक्रममा तेश्री प्रेमिका गर्भवती भएपछि उनले बिहे गर्ने पक्का गरेका हुन् ।

नक्कालको जीवनमा सबैभन्दा पहिले कतुम्बाई नामकी महिला आइन् । त्यसपछि गाउँकै पुनकी नामक युवतीसँग नक्कालको प्रेम बस्यो । पुनकी पनि अपांग हुन् । पुनकी र कतुम्बाई दुबैजना नक्कालसँगै बस्दै आएका थिए । तर दुवैजनाबाट सन्तान भएनन् । त्यसपछि नक्कालले एक वर्षअघि आफूभन्दा ५ वर्ष कान्छी युवती रेखासँग हिमचिम बढाए । रेखा पुनकीकी बहिनी हुन् । नक्काल र उनका ३ वटी प्रेमिका सँगै बस्न थाले । अन्ततः रेखा गर्भवती बनिन् ।

आफ्नी कान्छी प्रेमिका गर्भवती बनेपछि नक्कालले बिहे गर्ने निधो गरे । गत जुन २० का दिन नक्कालले आफ्ना तिनै जना प्रेमिकासँग सबै परिवारजनको उपस्थितिमा एउटै मण्डपबाट बिहे गरे ।

उक्त आदिवासी समुदायमा धेरै वर्ष लिभइन रिलेसनसीपमा बसेपछि विहे गर्ने प्रचलन रहेको छ ।
एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्