गायक खुमन अधिकारी र गायिका उमा गिरी असिना पानीले भिजायो



काठमाण्डौ २० असार ।  नेपाली गीत संगीत निकै फराकिलो भएको कुरा यहाहरुलाई अबगतनै छ गीत संगीत एउटा समुन्द्र हो जहा जो पनि पौडिन सक्छ निकै गीत संगीत बजारमा आउछन र हामि सुन्ने पनि गर्दछौ तर सुनेका सबै गीत सबैलाई मन पर्छ भन्ने छैन किन कि कस्तो अबस्थामा कस्तो गीत मन पर्ने हो भन्ने कुरा सोर्ता अनि दर्सकहरुमा भर पर्ने कुरा हो गीत संगीत सबैको साथि हो कलाकार राष्ट्रका गहना हुन् भन्ने गर्दछौ हामि र गीत संगीत बिना हामी अदुरो र अपुरो रहन्छौ ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धेरै महत्वपूर्ण चाड हो यो नेपालमा पनि निकै उत्साहका साथ मनाउने चलन छ दिनभरि खाना पानि पनि नखाएर बिबाहित नारीहरु आफ्नो श्रीमानको आयु लामो होस र केहिपनि नहोस भन्ने कामना गर्दै ब्रत बस्ने चलन छ बहने अबिबाहित नारीहरु राम्रो स्वामी पाउ भन्ने कामना गर्दै निराहार ब्रत बस्ने गर्दछन कुरा यो छ कि यो मात्र नभएर तीजमा निकै गीत संगीत गाउने प्रचलन रहेको छ चर्चित कलाकार देखि लिएर नाबकलाकर पनि तीज गीत गाउने अनि नाच्ने गर्दछन ।

 

धेरै दर्सक अनि सोर्ताहरुको लागि यो सालको तीजमा पनि यहाहरुको मनको डुकढुकि मेटाउन नेप्को इन्टरटेन्मेनतले तीजको कोसेली असिना पानि बजारमा आएको उमा गिरीको प्रस्तुतिमा यो गीत तयार भएको हो ।

उमा गिरीका प्राय गितहरुमा स्वर दिएका खुमन अधिकारीले यसपालिको तिजमा पनी उमालाई साथ दिएका छन् । गायक खुमनले उमालाई तिजमा मात्र हैन अन्य गितहरुमा समेत साथ दिएका छन् । ‘मुटुनै हल्लीयो “, ‘झ्यालको पर्दा खोल” ,’डाक्टर साव’, “पुर्णीमाको जुन”, “खोटी कर्म” जस्ता लोक गित र ” नक्कली गहनाले पल्कायो चोर” तिजको गितमा गायक खुमन अधिकारीले उमालाई साथ दिएका हुन् ।

“नक्कली गहनाले पल्कायो चोर” दर्शकले मन पराएपछि गायक खुमन अधिकारी र गायिक उमा गिरीको तीज विशेष लक्षित गरी नेपाली नारीहरुको महान पर्व तिजको पुर्व सन्ध्यामा असीना पानी बोलको गित लिएर आएका छन् । तिजको भाकामा रहेको असीना पानी गीत सार्वजनिक भएको छ । तीज नजिकिदै गर्दा संगितिक क्षेत्रमा तीज विशेष सांगीतिक चहलपहल सुरु हुनु सामान्य हो , केही वर्षयता तीजका भाकामा महिला र पुरुषको उत्तिकै सहभागि भएर तीजको कोशेली सार्वजनिक गर्न लागि परेका छन् ।

“असीना पानी”मा लय तथा शब्द नेत्र अर्यालको रहेको गीतमा उमालाई खुमन अधिकारीले साथ दिएका हुन् । गीत ‘ असीना पानी’ युट्युबमार्फत सार्वजनिक गरिएको हो । उमा र खुमनको स्वरमा रहेको असीना पानी बोलको गीत भिडियोको छायाङ्कन करण चैसीरले गरेका छन भने निर्देसन एकिन्द्र सारा संकरको रहेको छ सप्मादन अमर साकयाले गर्नु भएको छ ।

उमा पछिल्लो साय संगितीक क्षेत्रमा राम्ररी जम्न थालेकि छन । उनले नेपालमा मात्र नभएर विदेशमा समेत श्रोता र दर्शकको राम्रै माया वटुल्न सफल भएकि छन् । भिडियोमा जेम्स बिसी अनि पुर्णिमा श्रेष्ठको दमदार अभिनय रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्