कहिले टुङगिन्छ प्रदेशको नाम र राजधानिको विवाद ?



सैघाली खबर, २६ असार ।

यतिबेला प्रदेशको नाम र राजधानि निकै चर्चाको बिषय बनेको छ । अहिलेसम्म प्रदेश ६ र प्रदेश ४ ले मात्र नाम र राजधानी टुंगो लगाएको छ । अन्य प्रदेशमा भने नाम राजधानी टुङ्गो लगाउने बिषयमा विवाद जस्तै देखिएको छ ।

प्रदेश १
प्रदेश सभाको बैठक बस्न थालेको पाँच महिना बितिसक्दा पनि प्रदेशको नाम र राजधानीको विषयमा छलफल हुन सकेको छैन । नाम र राजधानीका विषयमा सांसदहरू पनि विभाजित छन् ।

प्रदेश २
सत्तारुढ संघीय फोरम र राजपा प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने पक्षमा छन् । तर, कांग्रेस र नेकपा त्यसमा सहमत छैनन् । कांग्रेसले प्रदेशको नाम ‘मिथिला’ उत्तम हुने बताउँदै आएको छ । नेकपाले ‘जानकी’, ‘मिथिला’ वा ‘मिथिला–भोजपुरा’ बनाउन सकिने बताउँदै आएको छ । त्यस्तै, राजधानी जनकपुर वा वीरगन्ज बनाउने भन्नेमा विवाद छ । तर, प्रदेश सभामा यी दुवै विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन ।

प्रदेश ३
प्रदेश ३ मा नामभन्दा पनि राजधानी कहाँ राख्ने भन्ने विवाद चर्को छ । अहिलेको अस्थायी राजधानी हेटौँडा अपायक भएको भन्दै नुवाकोट, काभ्रे, भक्तपुर र चितवनका सांसदले प्रदेश सभामा प्रस्ताव नै दर्ता गराएका छन् ।

प्रदेश ५
सांसदहरूले प्रदेशको नाम र राजधानी तोक्न प्रदेश सभामा पटकपटक माग गरेका छन् । तर, यसबारे औपचारिक छलफल हुन सकेको छैन । नामभन्दा पनि राजधानी कहाँ राख्ने भन्ने विषय पेचिलो छ ।

प्रदेश ७
सांसदहरूले पटकपटक माग गर्दा पनि प्रदेशको नाम र राजधानीका विषयमा प्रदेश ७ को सभामा छलफल हुन सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्