मानो रोपेर मुरि उब्जाउने किसानको आश



जनक नेपाली
दाङ २८ असार । खेतभरी रोपारा हालेका तुलसीपुर १८ का जुगमान चौधरीले कतिबेला ब्याड त कतिबेला पानीको जोहो गर्न व्यस्त देखिन्थे ।
गेदार गर्न खेत पसेका हलि र गोरु पनि पानी नहुँदा उभिएका थिए । खेतको आलीमा उभिएका चौधरी लामो सुस्केरा हाल्दै भने यसपाली पनि समयमै खेती नसकिने भो ! मानो छरेर मुरी उर्माने समयमा पनि पानी नपर्दा आफुहरु चिन्तित बनेको जुगमानको भनाई छ ।


खेतीको चटारो सबै किसानलाई भएपनि समयमै बर्षात नहुदा समस्या परेको उनको भनाई छ। रातभर झगडा गरेर एक / दुई वटा गहरामा मात्र पानी हाल्न पाउँछौ । महंगोमा मल बिउ किनेर खेती गर्नु पर्ने वाध्यत हुदा हुदै अर्काे तर्फ समयमै बर्षात नहुदा यो बर्ष धान खेती सप्रन्छ कि सप्रन्न भन्ने चिन्ताले समेत पिरोलेको जुगमानले वताउँनुभयो । जमिनदारको जंग्गा अधियाँ लगाउँनु बाहेक आफ्नो कुनै बिकल्प नभएकोे भन्दै जुगमानले यो बर्ष बर्ष दिन पुग्ने अनाच समेत हुन्न की भन्ने चिन्ताले आफुलाई नछाडेको भनाई छ ।

साल–सालै मल र बिउको मुल्य बृद्धिहुदा किसानमाथि आर्थिक भार थपहुदै गएको बिजौरीका अर्का किसान जगबहादुर चौधरीले बताउँनुभयो । बिजौरीका जमिदारको जग्गा जोतभोग गरे वेड–वेकारीका रुपमा काम गर्नु पर्ने प्रचलन अझै कायम रहेको भन्दै किसान जमिनदार देखि पनि शोषणमा परेको जगबहादुरको भनाई छ ।

खेत अदियाँ लगाए बाफत घरमा दशै तिहारमा जमिनदारको घर पोत्न पर्ने,धान कुटाईदिनु पर्ने बाध्ययता अहिले पनि उस्तै रहेको भन्दै जंगबहादुर किसानलाई सबै समस्यालेघेरको उहाँको भनाई । दाङमा कुल ३८ हजार ५ सय हेक्टरमा धान खेति हुदै आएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । ३८ हजार ५ सय हेक्टर मध्य हाल सम्म ३७ प्रतिशत क्षेत्रमा मात्र धान खेती भएको जिल्ला कृषि विकास कार्यालय दाङका योजना अधिकृत तिलक केसीले वताउँनुभयो ।


जस मध्य घोराही उपमहानगर पालिकामा ३० , तुलसीपुर २०, लमही ८५ गढवामा ७०, राजपुर १०,बंगलाचुलीमा ५० दंगीशरण २०, शान्तिनगर २५ बबई २० र राप्ती गाउँपालिका ९५प्रतिशत रोपाई सकिएको केसीले जानकारी दिनुभयो । ०७३ को प्रक्षेपित जनसख्याको आधारमा दाङको कुल जनसख्या ६ लाख १४ हजार २ सय ६८ को लागि बार्षिक प्रतिव्यक्ती १ सय ८१ किलोका दरले १ लाख ११हजार १ सय ८६ मेट्रिक्टन धान आबश्यक पर्ने केसीले वताउँनुभयो । गत आर्थिक बर्ष २०७३/०७४ मा दाङमा कुल १ लाख ३१ हजार ८ सय २२ मेट्रिक्टन धान उत्पादन भएको थियो । त्यस मध्य ७ हजार ४२ मेट्रिक्टन धान अघिल्लो बर्षको मौजात रहेको केसीको भनाई छ । योजना अधिकृत केसीले यो बर्ष दाङमा साउँनको २० /२५ गते सम्म खेती सकिने समेत बताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्