अचम्मको प्रतियोगिता : खुर्सानी खाए २४ क्यारेट सुनको सिक्का



विभिन्न प्रकारको प्रतियोगिताहरु भैरहेका हुन्छन तर चीनको हुनान प्रान्तमा एक रोचक प्रतियोगिता हुन्छ, जसमा भाग लिन जोकोहीले हिम्मत जुटाउन गाह्रो पर्दछ । हुनान प्रान्तमा हरेक वर्ष खुर्सानी खाने प्रतियोगिताको आयोजना गरिन्छ । यो वर्षको प्रतियोगिता सोमबार सुरु भएको छ ।

खुर्सानी खाने प्रतियोगिताको विजेताले २४ क्यारेट सुनको सिक्का पाउँदछ । उक्त सिक्काको वजन ३ ग्राम हुन्छ । गत वर्षदेखि यो प्रतियोगिताको सुरुवात भएको हो र सुरुमा १० जनाले भाग लिएका थिए । सबैभन्दा छोटो समयमा ५० वटा खुर्सानी खानेले प्रतियोगिताको उपाधि जित्दछ ।

त्यस क्रममा तांग सुइहुइ नामका एक युवकले ६८ सेकेण्डमा ५० वटा खुर्सानी खाएर प्रतियोगिता जिते । खुर्सानीले भरिभराउ एक पोखरीमा उक्त प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा ताबास्को जातको खुर्सानी खान दिइन्छ । उक्त खुर्सानी विश्वको सबैभन्दा पिरो मध्येको एक हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्