२० किलोमिटर हिँडेर अफिस पुगेका कामदारलाई कार उपहार !



सैघाली खबर, २ साउन ।

नयाँ अफिसमा जागिर लिएको पहिलो दिनको काम गर्न झण्डै २० किलोमिटर यात्रा गर्ने एक युवकले धन्यवाद स्वरुप कार उपहार पाएका छन् ।अमेरिकाको अलाबामाको होमवुडदेखि पेलहामसम्मको २० किलोटिर यात्रा गरेर पहिलो दिनको अफिसको काम गर्न गएका एक युवकलाई सीईओले धन्यवाद स्वरुप कार उपहार दिएका हुन् ।

ती युवकको इमान्दारिता र लगावको कदर स्वरुप सीईओले उनलाई कार उपहार दिएका हुन् । आइतबार बिहान नयाँ अफिसको कामका लागि निस्केका वाल्टर कार्स बीच बाटोमा नै कार बिग्रेपछि रातभरि हिँडेर नयाँ अफिस पुगेका हुन् ।

बर्मिङ्हम कलेजका विद्यार्थी रहेका ती युवक शुक्रबार बिहान कार बिग्रेपछि हिँडेरै शनिबार बिहान ४ बजे पेलहम पुगेका हुन् । बेल्हप नामको अफिसमा काम गर्न उनी हिँडेरै यात्रा गर्न तयार भएका हुन् किनकी उनलाई जागिर अति आवश्यक भएको थियो ।

उनी हिँडेरै पेल्हम पुगेपछि उनको यात्रामा अचानक परिवर्तन भएको थियो । मध्येरातमा पनि यात्रा गरिहेका उनलाई प्रहरीले भेट्टायो । प्रहरीले उनको संघर्ष सुनेपछि सबैभन्दा पहिला उनलाई प्रहरीले खाजा खुवाएको थियो ।

त्यसपछि प्रहरीले उनलाई आफ्नै घरमा पुर्‍यायाे। प्रहरीकै सहयोगमा उनी अफिस पुगे । ती युवकको संघर्ष सुनेपछि प्रहरीका श्रीमतीले ती युवाको बारेमा सहनुभूतिपूर्ण शब्दहरु लेखेर पोस्ट गरेपछि उनले कार उपहार पाएका हुन् ।

ती पोष्ट बेल्होप कम्पनीका सीईओ लुके मार्कलिनसम्म पुग्यो । मार्कलिनले कार्सलाई कफी खान लगे । उनले ती युवाको संघर्ष पनि सुने । खासमा सीईओ मार्कलिनले कार्सलाई उनको इमान्दारिता र दृढताप्रति धन्यवाद दिन कफी खाने ठाउँमा लगेका थिए । तर ती युवक त्यतिबेला छक्क परे जब उनलाई मार्कलिनले धन्यवाद स्वरुप एक कार उपहार दिए ।

मार्कलिनले कार्सको इमान्दारिता र दृढताको तारिफ गर्न पनि छुटाएनन् । भावुक भएका ती कार्सलाई मार्कलिनले कारको चाबी दिएपछि एउटै शब्द बोले, ‘सिरियसली’ । ती युवकले उनलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्