राष्ट्र बैंकले आज तोकेको विनिमय दर



सैघाली खबर, १० साउन ।

बुधबार उकालो लागेको रियाल र दिर्हामको मूल्य बिहीबार कमजोर भएको छ । मलेसियन रिंगिट स्थिर छ भने कोरियन वनको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रिदर २९ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रिदर ३० रुपैयाँ ३१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रिदर ३० रुपैयाँ ०४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०६ पैसा र बिक्रिदर २७ रुपैयाँ २१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर ३ सय ६४ रुपैयाँ ६९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ४४ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ०२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्