बैदेशीक रोजगार संघको भेला–व्यावसायीको धरौटी रकम ६ करोड बनाएको भन्दै सरकारको बिरोध



दाङ ,१६ श्रावण ।नेपाल बैदेशीक रोजगार व्यावसायी संघको भेला काठमाण्डौमा सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलामा देशभरका झण्डै १४ सय व्यवसायीको सहभागिता रहेको थियो । काठमाण्डौ स्थित बत्तिस पुतलीमा भएको भेलामा देशभरका म्यानपावर व्यवावसायीले सरकारको विरोध गरेका थिए ।

म्यानपार व्यावसाय दर्ता गर्दा सरकारले पछिल्लो समय ६ करोड रुपैयाँ धरौटी माग गरेको भन्दै व्यवसायीले सरकारको विरोध गरेका हुन । सरकारले म्यानपावर व्यावसायीको रकम बढाएको भन्दै तीन दिन सम्म व्यावसाय बन्दगरी विरोध प्रदर्शन गर्ने नेपाल बैदेशीक रोजगार व्यावसायी संघका सचिव ईश्वर जि.सीले जानकारी दिनुभयो । भेला नेपाल बैदेशीक रोजगार व्यावसायी संघका अध्यक्ष रोम गुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्