जातिय छुवाछुतको आरोपमा एक पक्राउ



काठमाण्डौ १७ श्रावण ।  सर्लाहीको गोडैतामा छुवाछुत गरेको आरोपमा प्रहरीले साेमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका ९ का ५१ वर्षीय शुभलाल राय यादव रहेका छन्

 

साउन ३ गते साँझ गाउँकै रामनाथ रायको घरमा आयोजित श्राद्ध भोज खान गएका रंजित कुमार रामलाई तल्लो जातको भन्दै गाली बेइज्जती गरेको आरोपमा प्रहरीले यादवलाई पक्राउ गरेको हो । उनी विरुद्ध जातिय भेदभाव तथा छुवाछुत कसुरमा मुद्दा दायर गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

लाइनमा बसेर भोज खाइरहेका बेला चमार जातिको मान्छे भएर अरुसँगै बसेर खाएको भन्दै राय सँगै अन्य दुईले गाली बेइज्जती गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र फरार रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्