निर्मला हत्या प्रकरण : अान्दाेलनकारी र प्रहरीबीच झडप, पाँच राउण्ड अश्रुग्यास प्रहार



भीमदत्तनगर – तेह्र वर्षीया बालिका निर्मला पन्तको प्रहरीले बास्तवित हत्यारा पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलित भएका छन्। आन्दोलित स्थानीयले भीमदत्तनगर बजार बन्द गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, राजमार्ग नजिक रहेको ट्राफिक पोष्ट र दशरथचन्द चोक लगायतका स्थानमा प्रदर्शन गरिरहेका छन्।

अान्दाेलन चर्किएपछि स्थानीय र प्रदर्शनकारीबीच बेला-बेला झडप हुने गरेको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेकाे छ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडि चार राउण्ड र दशरथचन्द्र चोकमा एक राउण्ड अश्रुग्यास प्रहार गरेको छ। यस्तै प्रहरिकाे  लाठी चार्जबाट दुई जना घाइते भएका छन्। दुई जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निर्मलाको वलत्कार पछि हत्या गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो।

विष्ट मानसिक अवस्था ठीक नभएको व्यक्ति रहेको जनाउँदै स्थानीयले प्रहरीले निर्मलाकाे वास्तविक हत्यारा पत्ता लगाउन नसकेको अाराेप लगाएका छन्।

गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो। उनको साउन ११ गते दिउँसो हत्या भएको थियो।

पक्राउ परेका विष्टले नै पन्तको उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको सोमबारको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको थियो।nagariknews

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्