[अपडेट] – बाढीले डुंगा बगाउँदा अझै २८ जना बेपत्ता, १२ जना पौडिएर बाँचे



गौर ९ भदौ । गौर नगरपालीका ४ स्थित टिकुलिया घाटमा शनिबार साँझ लालबकैया नदीमा आएको बगाबाढीले डुंगा एको छ । डुंगामा ४० जनाभन्दा बढी सवार थिए । त्यसमध्ये १२ जना पौडिएर बाहिर आएका छन् । बाँकी बेपत्ता छन् । उनीहरुको अवस्था थाहा हुन सकेको छैन ।

 

बन्जारा गाउँबाट टिकुलियातर्फ आउँदै गरेको डुंगा ललबकैया नदीमा आएको बाढीले बगाएको हो । घटनामा ३५ जना बढी बेपत्ता भएको हुन सक्ने जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताए । ‘डुंगामा ४० जना सवार थिए भन्ने जानकारी आएको छ,’उनले भने,‘आधिकारिक थाहा हुन सकेको छैन ।’ एसपी ढकालले भारतको सितामाढीका प्रहरी प्रमुख एसपी विकास बर्मन सित टेलीफोनमा घटनाबारे जानकारी गराई सहयोग मागेका छन् ।
बगाएकाहरु भारत पुगेको आशंकामा भारतीय सुरक्षा अधिकारीसित सहयोग मागेका हुन् । घटनास्थलमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीको टोली पुगेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र एसपी ढकालसमेत गएका छन् । डुंगा बगाएपछि पौडिएर बाहिर निस्केर ज्यान जोगाउने १२ जना सम्पर्कमा आएको एसपी ढकालले जनाए । बेपत्ता भएकाको संख्या र घट्ना बारे यथार्थ विवरण थाहा हुन सकेको छैन । कसैले डुंगामा ४० जना सबार थिए भनेका छन् । कसैले ५० जना ।
हराएकाहरुको खोजीका लागी पौडीबाज सुरक्षाकर्मीसहित विपद् व्यवस्थापन टोली परिचालन गरिएको प्रजिअ रिजाले जनाए । ‘हामिले लालबकैया नदिको छेउछाउमा सुरक्षाकर्मी परिचालन गरिसकेका छौ,’ उनले भने,‘सबैतिर खोज्ने काम जारी छ । सबै साधन स्रोत परिचालन गरिएको छ ।’ बगाएको डुंगा समेत फेला परेको छैन । डुंगामा महिलाहरु पनि सवार रहेको अनुमान छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्