अपराधिलाई लुकाएर निर्दोषलाई दोषि देखाइयो -देउवा



पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यले नै अपराधिलाई लुकाएर निर्दोषलार्इ  दोषि देखाउनु राज्यको अपराध भएको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले कञ्चनपुरमा बलात्कारपछि हत्या भएको घटनामा राज्यले नै यस्तो व्यवहार देखाएको भन्दै नागरिकले कोसँग न्यायको अपेक्षा गर्ने भन्ने प्रश्न गरे ।

कञ्चनु्परमा भएको निर्मला पन्तको हत्या प्रतिनिधि घटना मात्रै भएको र देशका विभिन्न स्थानबाट यस्ता घटनाको विवरण आइरहेको भन्दै उनले सबैले राजनीतिक स्वार्थभन्दा माथि उठेर समाधान खोज्न आग्रह गरे ।

निर्मला पन्तको वास्तविक हत्यारालार्इ पत्तालार्इ कारवाहीको माग गर्दा प्रहरीको गोली लागी शन्नी खुनान मृत्यु हुनु दुखद भएको भन्दै उनले उचित छानविनको माग गरे । ‘न्यायको माग गर्दै आन्दोलन गर्दा सरकारले नै गोली जनतालाई गोली हानि हत्या गरेपछि जनताले कोसँग आशा गर्ने हो ?’ उनले प्रश्न गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्