अर्थतन्त्र खतरामा छैन, नतिजा आउन केही समय लाग्छ- अर्थमन्त्री



काठमाडौं १३ भदौ। अर्थमन्त्री डा। युवराज खतिवडाले नेपाल अर्थतन्त्रमा कुनै पनि तरिकाले खतरामा नरहेको बताएका छन्।

आर्थिक पत्रकार समाज सेजनको १९ औं साधारणसभामा बोल्दै खतिवडाले अहिले काम भइरहेको र नतिजा आउनका लागि केही समय लाग्ने समेत बताएका छन्।

नेपालको इतिहासमा लगातार दुईपटक ६ प्रतिशत माथिको आर्थिक वृद्धि भएको र अहिले त्योभन्दा माथि पुग्ने समेत खतिवडाले बताए। ‘

अर्थतन्त्र अनुसाशसनमा छ, नहुनेलाई अनुसाशनमा ल्याउन खोजिएको हो,’ खतिवडाले भने, ‘दक्षिण एशियामा आकर्षक आयकर भएको मुलुक नेपाल हो।’

साथै उनले आयतले सेवा दिइरहेको थाहा पाउनुपर्ने बताए। उनले निर्यात बढाउनको लागि निर्यात बढाउनुपर्ने बताए। जहाँ पनि एउटा समयमा आयात बढी हुने समेत उनले बताए। ‘

राजनीतिक संक्रमण सिद्धियो कानुनी संक्रमण सिद्धिएको छैन,’ उनले भने, ‘छिटो प्रतिफल खोज्दा कठिन देखिएको हो, हामी निजी क्षेत्रका सुझाब सहित अघि बढ्छौँ।’

साथै उनले सरकारले नराम्रो काम नगरेको समेत बताए। निजीक्षेत्र विना सरकारले चाहेजस्तो आर्थिक वृद्धि पूरा नहुने समेत उनले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्